दफा ९६
दण्ड सजाय
(१) दफा ९५  को उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसंग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । (२) उपदफा (१) बमोजिम बिगो जफत गरी बिगो कायम गर्न नसकिने अवस्था भएकोमा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । (३) दफा ९५ बमोजिमको कसूर कुनै फर्म, कम्पनी वा संस्थाले गरेकोमा उपदफा (१) वा (२) बमोजिमको सजाय उक्त फर्म, कम्पनी वा संस्थाको कसूर गर्ने पदाधिकारीलाई हुनेछ । (४) दफा ९५ बमोजिमको कसूर गर्न उद्योग गर्ने व्यक्ति वा त्यस्तो कसूर गर्न अप्रत्यक्ष रुपमा संलग्न भएका वा त्यस्तो कसूर गर्न सघाउ पु¥याउने व्यक्ति वा सम्बन्धित फर्म, कम्पनी वा संस्थाको अपराध गर्न सघाउ पु¥याउने पदाधिकारीलाई मुख्य आरोपित व्यक्तिलाई तोकिएको सजायको आधासम्म सजाय हुनेछ ।